डा.दिनेश प्रसाद कोईराला ,डा राकेश शाह र विवेक पाण्डको नेतृत्वमा एक दिने स्वास्थ्य शिविर परिक्षण सम्पन्न
सबु बस्नेत, काठमाडौं ,समाजको परिर्वतन तव हुन्छ जब जब डा दिनशे कोईराला ,डा. राकेश शाहा र विवेक पाण्डे हरु जस्ता युवाहरुको कार्यले कसैको घाउँमा मलम लगाउन सफल होइन्छ । देशलाई अहिले यस्तै युवाहरुको खाँचो छ । विवेक पाण्डे जो सात समुन्द्र पार भएर पनि आफ्नो जन्म भुमि प्रति कसरी सहयोग गर्ने आफुले पढेको कुरालाई कसरी देश र समाजको लागी प्रयोग गर्ने भन्ने विषयमानै उहाँ सोच्नु हुन्छ र त्यस्तै काम पनि गर्नु हुन्छ । चाहे त्यो महामारीको समयमा होस् त चाहे बाढी पहिरो आउदा होस् पाण्डेले आफ्नो नेतृत्वमा नेपालमा भएका आफु भन्दा अग्रज साथी भाई डाक्टरहरुसँग सल्लाह सुझाब लियर नेपाल र नेपाली भुमिमा रहेका धेरै गरिब, असाहय तथा निम्न आयस्रोत भएकाहरुलाई निस्वार्थ भावनाले सहयोग गर्दे आउनु भएको छ ।
सामान्यतयाः समाजका लागि गरिने कामलाई सामाजसेवा भन्ने गरिन्छ । पछिल्लो समय यसको अर्थ खुच्याइएको छ । कुनै पार्टी, सङ्गठनको पगरी गुत्ने, कही गएर काम गरे जस्तो गर्ने, यसलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचारबाजी गर्नेलाई समाजसेवी भन्न थालिएको छ । पछिल्लो सयम साच्चिकै सामाजिक काममा लाग्ने व्यक्ति कम नै भेटिन्छन् । यसमध्ये, एमबिबिएस अध्ययनका लागि बंगलादेशमा रहेर पनि आफ्नो जन्मभूमि नेपालमा दुःख पिडामा रहेकाहरुलाई सहयोग गर्दै एक उदाहरणीय बन्न सफल भएका छन् विवेक पाण्डे । पछिल्लो समय उहाँ सामाजिक काममा अनवरत लागिरहेका छन् ।
यस्तैमा, शनिबार द्वन्द पिडित तथा अपाङ्ग समाज नेपालद्वारा संचालित अपाङ्ग बाल तथा बृद्ध सेवा गृह काठमाडौंको साँखु सलम्बुटार स्थीत The Chiaritable Charm, Society For Nepalese Doctor of Bangaladesh,Okhaldunga Leo club, I & U, Travellor Dentestry(scout team),Nepal beginners open crew(BOC),Ani arunima crew (AC) को आयोजना र हामिले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने समुह र / World Nepalise Student association Bangaladesh को नेतृत्वमा उक्त केन्द्रका रहेका बालबालिकाहरुको स्वास्थ्य परिक्षण तथा आवश्यक औषधि वितरण गरिएको थियो ।
यस्तै,उक्त कार्यक्रमका लागि The Chiaritable Charm का संस्थापक विवेक पाण्डे, Society for Nepalese Doctors of Bangladesh(SNDB)का Founder Dr.Rakesh Shah र Pediatric Surgeon in TUTH and President of society for Nepalese Doctors of Bangladesh का Dr.Dinesh Prasad Koirala को विशेष भुमिका रहेको छ ।
Teaching Hospital का Pediatric Surgeon Dr.Dinesh Koirala ले उक्त केन्द्रका बालबालिकाहरुका लागि आवश्यक जाँचको लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विभिन्न अस्पतालका बिशेषज्ञ डाक्टरहरु मार्फत बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको The Chiaritable Charm का संस्थापक विवेक पाण्डेले बताउनुभयो । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण कायमै रहेकाले अस्पतालहरुमा गएर उपचार गर्न असहज भईरहेको अवस्था र केन्द्रमा रहेका बालबालिकाहरु अस्पताल जान नसक्ने भएकाले केन्द्र मै गएर सेवा सुविधा दिएको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा Dr kamal hamal, Dr.Shirish Silwal, Pediatric Surgeon, Dr.Shiba Thakali, General Pediatrician, Dr.kamal hamal, Dr.Pinky Shah, Dr amrita shrestha ,Dr bishnu ghimire, Dr.Bristy Acharya, Diwakar Bohora subhana acharya लगाएतको उपस्थितिमा केन्द्रमा रहेका बालबालिका हरुको वास्थ्य परिक्षण गरिएको थियो ।
यसैगरी, I & U समूहबाट बालबालिकाहरुका लागि ५५ थान टि-सर्ट पनि उपलब्ध गरिएको थियो भने समाजसेवी राजेश्वरी श्रेष्ठले सहयोग स्वरुप केही रकम हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा Leo club बाट Leo उषा गौतमको नेतृत्वमा Leo Sudhana Acharya( MBBS 2nd year),Leo Akriti Palikhe ( BPN),Leo Sagar Danuwar ( MBBS third year), Leo Saurav Gartaula( Enginering), स्काउटबाट एलिजा सुवेधी नेतृत्वमा Samikchhya Gurung ,Simran Mainali, Samikchhya Gurung,Raj Shrestha,Deepak Shrestha, Rabina Gurung,Bina Regmi र I & You बाट कृतिका कार्काीको नेतृत्वमा Tjdf Ayush Shah, Yuna Shahi, Dr.Kamal Hamal लगाएतको उपस्थित रहेको थियो । उक्त केन्द्रमा हाल साहराविहिन भएका ४५ जनाले आश्रय लिरहेका छन् ।
समाजेवी राजन थापाले शारिरिक रुपमा आफु अशक्त भएपनि युबराज थापाले फरक क्षमता भएका यति धेरै व्यक्तिहरुलाई आश्रय दिएर राखिएकाले सामाजिक काम गर्न हिम्मत चाहेने कुरा प्रष्ट भएको बताउनुभयो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक कोही नहुनेहरुका लागि सरकार रहेको बताएपनि त्यो कार्यन्वयन नभएको उनको भनाई छ । पक्कै पनि सडकमा देखिने बालबालिकाको आश्रय बन्ने सपना उनकै संघर्षको परिमाण हो ।
स्वास्थ्य परिक्षणपछि केही बालबालिकाहरुलाई अस्पताल नै लानुपर्ने भएकाले उक्त उपचार खर्च डाक्टरहरुले नै नि ः शुल्कमा गरिदिने अपाङ्ग बाल तथा बृद्ध सेवा गृहका अध्यक्ष युबराज थापाले जानकारी दिनुभयो । यस्तै, बालबालिकाहरुका लागि बर्षको ३ पटक केन्द्रमा नै आएर स्वास्थ परिक्षण गरिदिनु हुने बताउँदै उहाँले उपस्थित डाक्टर, स्काउट र Leo club का प्रतिनिधिहरु, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, पत्रकार तथा समाजसेवी राजन थापा, रिता सापकोटा लगायत सहयोगी सम्पूर्ण संस्थाहरुप्रति हार्दिक धन्यबाद सहित आभार प्रकट गर्नुभयो ।