नागरिक पोष्ट News


बेसार सेवनका २२ फाइदा

1.9K

बेसार एक स्वास्थ्यवद्र्धक जडिबुटी हो । यसले शरीरका हरेक अंगलाई फाइदा र्पुयाउछ । त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ ।

बेसारले मानव शरीरमा लाग्ने धेरै प्रकारको रोग निदान गर्न सक्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन् ।

हजारौं वर्षदेखि प्रयोग हुदै आएको बेसार चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ । बेसारलाई नेचुलर पेन किलरका रुपमा पनि चिनिन्छ । यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ । यस्ता बेसार सेवनबाट हुने अन्य फाइदा

– लामो समयदेखि ग्यस्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा र्पुयाउँछ । – पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुनुका साथै निको हुदै जान्छ । – विभिन्न धातुबाट शरीरमा फैलिने विषबाट समेत बेसारले जोगाउछ । – पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा बेसारले फाइदा पुर्याउँछ । – मांसपेशीमा हुने पीडामा पनि बेसारपानीको सेवनले केही हदसम्म कम गर्छ । – बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ । – बेसारको नियमित सेवनले स्मरण शक्तिमा वृद्धि गर्छ । – दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ । – यसको सेवनले महिनावारीका बेला हुने पेटको दुखाइ समेत कम हुन्छ । – बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्दछ । – अनिद्राको समस्यामा बेसार र दूध पिउनु लाभदायक हुन्छ । – बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ । – धेरै पिसाब लाग्ने, पानी तिर्खा बढी लाग्ने भएमा समेत बेसार सेवन उपयोगी हुन्छ । – मधुमेहमा बिहानबेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा र्पुयाउँछ । – १/१ चिम्टी खाने खयर र बेसार तातोपानीसँग बिहानबेलुका खाए सुख्खाखोकी ठिक हुन्छ। – दैनिक १ चम्चा ज्वानो र बेसार पानीमा पकाएर खाए रुघा पाक्छ र चाँडै आराम हुन्छ । – रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग उपयोगी मानिन्छ । – दिसापिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसारको प्रयोग उपयोगी हुन्छ । – मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ । – छालाको चमक बढाउन समेत बेसारको प्रयोग अत्यन्त उपयोगी मानिन्छ । – नियमित बेसार सेवन गरे बुढोपना देखिँदैन । – विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ । विभिन्न एजेन्सीको सहयोगमा

Must View