रुपा सुनारको अन्तरिम आदेश मागदावी सर्वोच्चद्धारा अस्वीकार
2.5K
सर्वोच्च अदालतमा रुपा सुनारले दायर गरेको मुद्दामा सुनारको अन्तरिम आदेशलाई अस्वीकार गरेको छ । विहिवारको सर्वोच्च अदालतको रिट उपर भएको आदेशले रूपा सुनारको मोवाईल अनुसन्धानमा नलिनु र सरस्वती प्रधानलाई पुन पक्राउ गरि हिरासतमा लिई अनुसन्धान गर्नु भन्ने अन्तरिम आदेश मागदाबी अस्विकार गरिदिएको हो । सर्वोच्चले दिएको आदेशमा रूपा सुनारको मोवाईलमा भएको रूपा सुनार र सरस्वती प्रधान विचको सम्वाद सम्वन्धि रेकर्डको आवश्यक अनुसन्धान गर्नु भनी आदेश जारी भएको छ । बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सो आदेश दिएको हो । पुर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता गरि निस्पष्क्ष र र प्रभवकारी रुपमा अनुसन्धान गर्नु गराउनु भनी सर्वोच्चको आदेशमा भनिएको छ ।