नागरिक पोष्ट News


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतद्धारा ब्लड स्टोरेज रेफ्रीजेरेटर हस्तान्तरण

1.3K

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको चौतारा अस्पताललाई ब्लड स्टोरेज रेफ्रीजेरेटर हस्तान्तरण गरेका छन् ।

कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले बुधबार अस्पतालाई रेफ्रीजेरेटर उपलब्ध गराएका हुन् । अस्पतालमा ब्लडलाई सुरक्षित राख्न रेफ्रीजेरेटरको अभाव रहेको जानकारी पाएका नेता बस्नेतले तत्काल रेफ्रीजेरेटरको व्यवस्था गरिदिएका थिए ।

यसअघि, कांग्रेस बस्नेतको सक्रियतामा बाह्रबिसे र मेलम्चीको स्वास्थ्य केन्द्रमा ब्लड स्टोरेज रेफ्रीजेरेटर हस्तान्तरण गरेका थिए ।नेता बस्नेतको आग्रहमा चौतारा अस्पतालमा हस्तान्तरण गरिएको रेफ्रीजेरेटर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष अमृत कार्कीले सहयोग गरेका हुन् ।नेपाली कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिका संयोजक समेत रहेका बस्नेतले ब्लड स्टोरेजका लागि रेफ्रीजेरेटर सहयोग गर्ने कार्कीलाई धन्यावाद दिएका छन् । बस्नेतले भने, ‘सिन्धुपाल्चोक जिल्लाको समस्या बुझ्ने अमृत कार्की जस्ता सयौँ व्यक्तिहरूको सहयोगले जनतालाई थोरै भए पनि राहत मिलेको छ । दाता साथीहरूलाई धन्यावाद छ ।’

रेफ्रीजेरेटर हस्ताक्षरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेल र जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाइँको पनि उपस्थिति रहेको थियो । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित भएका छन् । सापकोटा प्रतिनिधि सभाको सभामुख पनि छन् । तर, सापकोटाले सिन्धुपाल्चोकमा ‘एउटा माखो पनि मार्न सकेका छैनन्’ भनेर उनकै मतदाताहरूले गुनासाहरू गर्दै आएका छन् ।

सापकोटाले काम गर्न नसकेपछि कांग्रेसका नेता बस्नेतले सिन्धुपाल्चोकका जनतालाई कोरोना महामारीदेखि बाढीपहिरोको प्रकोपबाट बचाउन हरसम्भव प्रयासहरू गर्दै आएका छन् । समस्यामा परेकालाई बस्नेतले आर्थिक सहयोगदेखि बालबालिकालाई काठमाडौंसम्म लगेर निःशुल्क पढाउने गरेका छन् ।

कांग्रेस नेता बस्नेतको सामाजिक कार्यहरूको एमाले र माओवादीसहितका कम्युनिस्टले समेत प्रशंसा गर्ने गरेका छन् । कम्युनिस्ट समर्थकले कांग्रेसलाई आशीर्वात समेत दिने गरेका छन् ।

Must View