नागरिक पोष्ट News


नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवा सरकार किर्ते दावीबाट बनेको आरोप लगाउदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

1.1K

काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवा सरकार किर्ते दावीबाट बनेको आरोप लगाएका छन्। शुक्रबार संसदीय दलको बैठकमा उनले सर्वोच्च अदालतले किर्ते कागजलाई मान्यता दिएको आरोप लगाएका हुन्।

ओलीले व्यङ्ग्य गर्दै देउवा सरकार मन्त्री मण्डल विस्तार गर्न समर्थ नहुनुको कारण गठबन्धनले आफ्नो कुनै बिषयक सैद्धान्तिक र राजनैतिक पुस्ट्याइ गर्न नसकेको बताए। उनले भने, 'यो सरकार माइतिघर फिल्मको “म प्यार बेचिदिन्छु बहार बेचिदिन्छु” भन्ने गीत जस्तै म मन्त्री बनाइदिन्छु, म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्ने लयमा लागेको छ।'

बहुमतमा रहेको एमालेलाई छोडी सर्वोच्चले अल्पमतमा भएको दललाई सरकार बनाउन परमादेश दिएको बताउँदै उनले अदालतले ह्विप नलाग्ने ह्विप उल्लंघन गरे कार्बाही गर्न नपाइनेसम्मको आदेश दिनु लोकतन्त्रको विरुद्ध रहेको बताए।

Must View