नेपालमा कोरोना तेस्रो लहरको संकेत ! निषेधाज्ञा खोलेपछि संक्रमण ह्वात्तै बढ्यो
काठमाडौं। निषेधाज्ञा खोलेपछि दैनिक कोरोना संक्रमित हुनेहरुको संख्यामा वृद्धि भएको पाइएको छ। काठमाडौं उपत्यका भित्रका सरकारी अस्पतालहरुमा दैनिक विरामीहरु बढेर आइरहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक अनुप बास्तोलाले अस्पतालको आइसीयू शैया प्याक नै भएको बताए।
तेस्रो लहरको सा’मना गर्न तयार रहौँ : स्वास्थ्य मन्त्रालयवास्तालाले आइसीयूको २२ वटै शैयाहरु प्याक भएको बताए। दोस्रोे लहरका बेला जस्तो इमरजेन्सिमा भने अहिले भीड नभएको उनको भनाइ छ। सिभिल अस्पतालका डा. सुमनबाबु मरहट्टा पनि अस्पतालमा बढ्ने क्रममा रहेको बताउँछन्। सरकारले दोस्रोे लहरलाई नियन्त्रण तथा रोकथाम गर्न गत बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञालाई असार लागेपछि बैज्ञानिक ढंगले भन्दै विस्तारै खुकुलो पार्दै आएको छ। पछिल्लो हप्ता सवारी साधनमा लगाएको जोरविजोर पनि हटाएको छ भने ठूलो भीडहुने क्षेत्रबाहेकका सबै क्षेत्रहरु खुल्ला गरिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वास्तोला समूदायमा संक्रमण फैलिइसकेकाले हामीले सजगता नअपनाएको अवस्थामा तेस्रो लहरको सामना गर्नु पर्ने तर्फ संकेत गर्छन्। आउने ४ हप्तामा कोरोनाको संक्रमणदर अत्याधिक बढ्न सक्ने डा. वास्तोलाको अनुभव छ। डा. वास्तोलाले भने, ‘हामीले सतर्कता अपनाएनौं भने आगामी ४ हप्तापछि कोरोनाको संक्रमण दर अत्याधिक बढ्न सक्छ। त्यसलाई तेस्रो लहर भन्न पनि सकिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका मापदण्ड कडाईका साथ लागु गर्न/गराउन सबैलाई अनुरोध गरेको छ। उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठले पनि स्वास्थ्यका मापदण्ड कडाइकासाथ लागु गर्ने गराउनेमा जोड दिएको छ।