नागरिक पोष्ट News


कोभिडबाट अति प्रभावित बीस देश, कुनमा कति संक्रमित ?

1.5K

काठमाडौं। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना छन् । कोरोना महामारी शुरू भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।

प्राप्त तथ्यांक अनुसार विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ, जसमध्ये चीनमा एक अर्ब २९ करोड ६० लाख ३७ हजार, भारतमा ३५ करोड २८ लाख ९२ हजार, अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार, ब्राजिलमा ९ करोड ८३ लाख ३० हजार, बेलायतमा सात करोड ९५ लाख ४३ हजार र जर्मनीमा ७ करोड ५७ लाख ८१ हजार डोज खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावितको सूचीमा अमेरिका पहिलो स्थानमा छ, जहाँ तीन करोड ३७ लाख १७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ६ लाख ५ हजार ५२६ जनाको कोभिडबाट मृत्यु भएको छ । कोरोना प्रभावितको दोस्रो स्थानमा रहेको भारतमा तीन करोड ५ लाख ८५ हजार संक्रमित हुँदा ४ लाख २ हजार ७२८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै एक करोड ८७ लाख ७९ हजार संक्रमितसहित ब्राजिल अति प्रभावितको सूचीमा तेस्रो स्थानमा छ, जहाँ यसबाट ५ लाख २४ हजार ४१७ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा ५८ लाख ४८ हजार १७१ जना संक्रमित हुँदा १ लाख ११ हजार ३२३ जनाको ज्यान गएको छ भने रुसमा संक्रमित हुनेको संख्या ५५ लाख ४४ हजार २०९ रहेको छ, जसमध्ये १ लाख ३५ हजार ६३७ जनाले ज्यान गुमाएका छन् ।

कोभिडबाट अति प्रभावित अन्य देशहरूमा टर्की (५४ लाख ४० हजार ३६८ संक्रमित, ४९ हजार ८७४ मृत्यु, बेलायत (४९ लाख २० हजार १६८ संक्रमित, १ लाख २८ हजार ४८६ मृत्यु, अर्जेन्टिना (४५ लाख ३५ हजार ४७३ संक्रमित, ९५ हजार ९०४ मृत्यु, कोलोम्बिया (४३ लाख ५० हजार ४९५ संक्रमित, १ लाख ८ हजार ८९६ मृत्यु), इटाली (४२ लाख ६३ हजार ३१७ संक्रमित, १ लाख २७ हजार ६४९ मृत्यु) र स्पेन (३८ लाख ३३ हजार ८६८ संक्रमित, ८० हजार ९११ मृत्यु) रहेका छन् ।

कोभिडबाट अति प्रभावित २० मध्ये बाँकी मुलुकहरूमा जर्मनी, इरान, पोल्याण्ड, मेक्सिको, युक्रेन, इन्डोनेसिया, पेरु, दक्षिण अफ्रिका र नेदरल्याण्ड्स रहेका छन् । (रासस र सिन्ह्वाको सहयोगमा)

Must View