कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो साताबाट, परीक्षा शतप्रतिशत लिखित हुने
2K
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो साता हुने भएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको हो । साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति माग गरिएको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताउनुभयो ।
कोरोना संक्रमणको दर कम हुँदै जान थालेको र परीक्षा सञ्चालन गर्न वातावरण समेत बनेकोले अनुमति माग गरेको उहाँले जानकारी दिनुभयो ।
बोर्डले परीक्षाको आवश्यक तयारी समेत शुरु गरिसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार बोर्डले शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको छ ।