निषेधाज्ञा असार मसान्तसम्म : काठमाडौं उपत्यकामा सबै सार्वजनिक यातायात सञ्चालन हुने
2.1K
काठमाडौं । काठमाडौं उपत्यकामा असार मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ ।
उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञामा सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । यस्तै माइक्रो र टेम्पो सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । तर निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन।