नागरिक पोष्ट News


नेपाल तरुण दल क्षेत्र नं.१० को बृहत रक्तदान कार्यक्रम सम्पन्न 

1.7K

सबु बस्नेत काठमाडौं -  कोरोना महामारीको विषम अजस्थालाई मध्यनजर गरी कोरोना संक्रमित बिरामीसहित अन्य बिरामीहरुले रगत नपाएर अस्पतालमा छट्पटीनु नपरोस भन्ने उद्देश्यका साथ नेपाल तरुण दल क्षेत्र नं.१० को बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अहिलेको अवस्था विषम र सम्बेदनशील भएको भन्दै यस्तो समयमा आफूहरुले गरेको सानो सहयोगले केही हदसम्म भएपनि यस्ता कार्यक्रमले  विरfमीको ज्यान बच्न सक्ने भन्दै  रक्तदान कार्यक्रमलाई जोड दिएको नेपाल तरुण दलले बताउनु भयो ।  रक्तदान कार्यक्रममा उनले सबै रक्तदाता र उपस्थितहरुलाई धन्यवाद दिदै नेपाल तरूणदल क्षेत्र नं. १० को सभापति इश्वर लामा , प्रमुख अतिथि माननिय सांसद राजेन्द्र कुमार केसि, विशेष अतिथि  स्वयमसेवि रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य लगाएतको उपस्थित तथा उहाँहरुले पनि रक्त दान गर्नु भएको थियो । रक्तदान गर्नेहरुमा ९ जना महिला र ९३ जना पुरूष गरि  जम्मा १०२ जनाले रक्तदान गर्नु भयो।

 साथै सोही कार्यक्रमको अवसरमा सरोज कुमार थापाको अध्यक्षतामा ९ सदस्य स्वमसेवि रक्तदाता समाज चन्द्रागिरि नगर समिति गठन गरियो ।जस्मा उपाध्यक्ष किरण पोखरेल , सचिव सुजना श्रेष्ठ , कोषाध्यक्ष राजु गिरी , सदस्य पुरूषोतम रिजाल , विजय श्रेष्ठ , तारा बाहादुर केसि , सुजित वानिया र प्रमिला श्रेष्ठ रहेको छ । त्यस्तै सल्लाहकार मा इश्वर लामा र जयराम प्रसाद लुइटेल रहनु भएको छ । 

Must View