गोकर्णेश्वर ८ का महिला दिदिबहिनि हरु बाट खाधान्य सहयोग
सबु बस्नेत ,काठमाण्डौँ - कोरोना कहरकाबिच अविरल वर्षापछि आएको बाढी पहिरोले देशैभर वितण्डा मच्चाईरहेको छ । त्यति मात्र नभएर कोरोना नियन्त्रणका लागि गत बैशाख १६ गते देखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा खाद्यान्न अभावका कारण दैनिक दैनिक ज्यालामजदुरी गरेर खाने मजदुरहरु भोकभोकै बस्न पनि बाध्य भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विशेषगरी मजदुरहरुलाई खाद्यान्नको अभाव भइरहेको छ । उनीहरुलाई विभिन्न संघसंस्था तथा समाजसेवीहरुले राहत स्वरुप खाद्य सामाग्रीहरु वितरण गरिरहेका छन् । त्यस्तै अहिले विभिन्न आश्रममा आश्रित रहेका व्यक्तिहरुलाई पनि त्यस्तै गा्रहो परेको छ । सोही कुरालाई मध्यनजर गरी नेपालि काग्रेस काठमाडौं जिल्ला सदस्य तथा समाजसेवि भावना ठकुरि ज्यु, ढुङेधारा टोल सुधार समितिकि उपाध्यक्ष मन्जु पुन लम्साल , उन्तति महिला समुहकि अध्यक्ष ज्योति खरेल र व्यवसायी सृजना तामाङ लगायतको सहयोगमा श्री कैलाश उमाकुण्ड आश्रम मा आश्रित तपस्विनि हरुको लागि खाधान्य फलफुल,मेडिकल सामग्री तथा दैनिक आबस्यकिय बस्तुहरु सहयोग गर्नुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा न ८ का महिला दिदिबहिनि हरु सहितको उपस्थिति मा उक्त सामानहरु हस्तान्तरण गर्नु भएको थियो। श्री कैलाश उमाकुण्ड आश्रम मा आश्रित तपस्विनिहरुले यसरि आज सम्म हामिलाई कसैले पनि सहयोग गरेको थिएन आज हामिले यति ठुलो सहयोग प्राप्त गर्यौ भन्दै खुशि ब्यक्त गर्नु का साथै सहयोगि दिदि बहिनि हरुलाई आशिर्वाद दिनु भएको थियो।