नागरिक पोष्ट News


सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गरी सामाजिक अभियन्ता मोनीका बस्नेतद्धारा खाद्यान्न बितरण

1.7K

सबु बस्नेत, काठमाण्डौँ -काठमाडौंमा सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गरी सामाजिक अभियन्ता मोनीका बस्नेतले खाद्यान्न बितरण गर्नु भएको छ । राष्ट्रको चौथो अगं पत्रकार लाई सरकारले यतिबेला व्यवास्था गरेको भान हुदै गर्दा विभिनन सामाजिक अभियान्ताहरुलेनै पत्रकारको लागी केही गर्नु पर्ने भन्दै हाल विभिन्न सामाजिक अभियान्ता तथा व्यक्तिहरुले सहयोग गर्दे आएका छन् । काठमाण्डौँको अग्रवाल भवनबाट पत्रकारहरुको लागी मोनिका बस्नेतले खाद्यान्न वितरण गर्नु भएको छ  । 

अग्र पक्तिमा बसेर काम गर्ने पत्रकारहरुको लागी खाद्यान्न तथा स्वास्थ्य सामग्री बितरण गर्दे यसरी पत्रकारहरु सधै हरेक कुरामा अगाडी गएर सबैभन्दा अगाडि सुचना सम्प्रेसन गर्ने भएकोले उहाहरुको लागि सहयोग गरेकोर सहयोग गर्न पाउँदा खुशी लागेको समाजसेवी मोनिका बस्नेत बताउनु हुन्छ ।

सामाजिक अभियन्ता मोनीका बस्नेतले दीनदुःखीको सहयोगमा दिल खोलेर सहयोग गरिरहनु भएको छ । कोभिड–१९ का कारण निम्तिएको निषेधाज्ञा लगायत अन्य जटिल परिस्थितिमा उनले धेरै जनाको भोक टार्न सफल हुनुभएको छ । निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने देखि अन्य असहायलाई चामल र अन्य आवश्यक खाद्य सामाग्री वितरण गरीरहनु भएको छ । त्यस्तै आज श्रमजिवी पत्रकारहरुको लागी मोनिका बस्नेतले केही राहात खाद्यान्नको व्यवस्था गर्नु भएको हो ।  दिनदुखीहरुको सेवा गर्न मोनीका बस्नेत जस्तै समाजसेवी राजेश्वरी श्रेष्ठ पनि कहिले थाक्नु भएन । सामाजिक अभियन्ता हरुले गरेको यस्तो किसिमको कार्यले सरकारलाई नै चुनौती दिएको छ भन्दै जहाँ राज्य छैन त्यहाँ हामी छौ श्रेष्ठ भन्नुहुन्छ ।  उपत्यकाका विभिन्न ठाउँमा राहत स्वरुप खाद्यन्न वितरण गरीरहेका अग्रवाल सेवा केन्द्रले आज श्रमजीवि पत्रकारहरुको लागि मोनिका बस्नेतले गरेको सेवा मात्र नभएर एउटा पुण््यको काम भएको बताउनु भयो । साथमा सो केद्रले अग्र पक्तिका पत्रकारहरुलाई मास्क तथा स्यानिटाइजर पनि वितरण गर्दे सबैलाई महामारीमा जुटेर लाग्नु पर्ने सुलभ धनुकाले बताउनु भयो । 

सरकारले गर्नु पर्ने काम एक व्यक्तिले हामी जस्तो श्रम जिवी पत्रकारहरुको लागि हाम्रो मर्मलाई बुझेर लक्षित बर्गको पहिचान गरी मोनीका बस्नेतले आफ्नै व्यक्तिगत तर्फबाट खाद्यान्न वितरण गरेकोमा खुशी व्यक्त गर्नु भयो 

महामारीको समयमा सबैजनालाई एक किसिमको गा्रहो अवस्था त छ नै तर कतीले व्यक्त गर्न छक्छन् त कतिले व्यक्त गर्न सक्दैनन् लक्षित वर्गलाई हेरेर समाजसेवीहरुले गर्ने सेवा आफैमा उदारणीय र अनुकरणीय रहेको छ ।   

 

Must View