नागरिक पोष्ट News


सुहागरातमा सम्बन्धको क्रममा १८ वर्षकी बेहुलीको मृत्यु

2K

। द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

ब्राजिलको इबिराइट सहरमा १८ वर्षकी युवतीको २९ वर्षका युवकसँग धुमधामका साथ उनको घरमा रहेको फार्महाउसमा बिहे भएको थियो । बिहेपछि नवविवाहित जोडी निकै खुसी थिए । तर, यो खुसी धेरै समयसम्म टिक्न सकेन । पुलिसका अनुसार बिहेपछि पहिलो रातमा शारीरिक सम्बन्धको क्रममा बेहुलीको स्वास्थ्य अचानक बिग्रियो । जबसम्म उनका पतिले केही बुझ्न सक्थे त्यतिबेला उनी जमिनमा लडिसकेकी थिइन् ।

पत्नीको यो हालत देखेपछि पतिले सहयोगका लागि छिमेकीहरुलाई बोलाए । पत्नीलाई अस्पताल लैजानको लागि उनले ट्याक्सी बोलाए तर उनका अनुसार ट्याक्सी चालकले अस्पताल जान मानेनन् । त्यसपछि उनले अर्को ट्याक्सीलाई भने तर त्यो ट्याक्सीका चालकले पनि अस्पताल जान अस्वीकार गर्दै आकस्मिक सेवामा फोन गर्न भने । त्यसपछि पतिले आकस्मिक सेवामा फोन गरे ।

पारामेडिक्स स्टाफ उनको घर पुग्दासम्म उनकी पत्नीको सास चलिरहेको थियो । पारामेडिक्सले उनको जाँचमा उनलाई सास फेर्न कठिनाइ भइरहेको पाए र उनलाई हृदयाघात भएको पुष्टि गरे । तत्काल उनलाई एम्बुलेन्समा अस्पताल लगियो तर बाटोमै उनको मृत्यु भयो । पतिको दावीअनुसार एम्बुलेन्स आउन करिब एक घण्टाको समय लाग्यो । यही कारण उनकी पत्नीको मृत्यु भएको उनले दावी गरेका छन् ।

Must View