नागरिक पोष्ट News


भारतमा ‘कोरोनाको तेस्रो लहर’ को चेतवानी, नेपालमा के हुन्छ ?

1.4K

काठमाडौ । नेपालको खुल्ला सीमाना भएको छिमेकी मुलुक भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरस (कोभिड–१९) को अर्को लहर आउन चेतवानी जारी भइसकेको छ । विज्ञहरुले यो अनुमान गर्दै सचेतनाका लागि आकस्मिक चेतवानी जारी गरिएको छ । स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने तर अहिलेको भन्दा नियन्त्रित हुने धारणा राखेका हुन् । अक्टोबरमा सुरु हुने तेस्रो लहर वर्षको अन्तिमसम्म रहने उनीहरुको भनाइ छ । उनका अनुसार यो सन् २०२१ को अन्त्यसम्म रहनेछ । यो क्रममा उनीहरुले कोरोना खोपको कारण अब आउन सक्ने लहरमा भने ठूलो क्षति नहुने बताएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ८५ प्रतिशतले भारतमा कोरोनाको तेस्रो लहर अक्टोबर महिनामा आउन सक्ने बताएका थिए । कोरोनाको तेस्रो लहरमा बालबालिका जोखिममा पर्छन् रु भन्ने प्रश्नमा ४० मध्ये २६ जनाले यो आशंका सही साबित हुन सक्ने बताएका थिए ।

Must View