नागरिक पोष्ट News


तामाकोसी थुनिएर बन्यो विशाल ताल, जतिबेलापनि फुट्न सक्ने सचेत रहन आग्रह !

4.1K

काठमाडौं । छिमेकी मुलुक चीनको तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको सूचना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी भयानक हुनसक्ने चेतावनी दिएको छ ।

उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । 

तिब्बतमा ताल बनेको भन्ने सूचना आएको छ । त्यो फुटेको खण्डमा तामाकोसी भयानक बनेर नेपालतर्फ आउँनेछ ।

यसले ठूलो क्षति पुर्याउनसक्छ । सूचनामा भनिएको छ ।

प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।

तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

Must View