तेह्रथुममा फौजी किराले बाली नष्ट , किसान चिन्तामा
1.2K
रबिन उप्रेती, तेह्रथुम - तेह्रथुमको आठराईका अधिकाश भुभागमा लगाइएको मकै बाली सबै फौजी किराले नस्ट पारेपछि किसानहरु चिन्तित बनेका छन। आठराईका अधिकांस भूभागमा लगाईएको मकै बाली यो बर्स सबै बाली किराले नस्ट पारेको हो। किराले सवै बाली नस्ट पारेपछी किसानहरुमा चिन्तामा छन् ।
निर्बाहमुखी खेति गर्ने किसानलाई यो समयमा लाएको बालीले बर्षाभरी नै आफू खान र गाई बस्तुलाई समेत खुवाउनु पर्ने बाध्यता छ । यो बर्स मकैमा किरा लागेपछी किसानहरुमा चिन्ता बढेको हो। बर्सभरिको घर खर्चको बाटो हुँदै आएको मकैमा सबै किरा लागेपछी घर खर्च कसरी चलाउन चलाउने भन्ने भै रहेको किसान पुर्न तामाङ्ले बताउनु भयो।
किरा नियन्त्रणका लागि गाउँपालिकाबाट बिसादी बितरणको कार्य भएको भए तापनि सबै स्थानमा भने पुग्न भने सकेको छैन।