सिन्धुपाल्चोक मेलम्चीमा भीषण बाढी : बाढीले ७ जनाको ज्यान लिएको छ भने ५० भन्दा बढी बेपत्ता
काठमाडौं। २०७८ असार १ गते मंगलबार साँझ अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा भीषण बाढी आएको छ। बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ। बाढीले ७ जनाको ज्यान लिएको छ भने ५० भन्दा बढी बेपत्ता भएको जानकारीमा आएको छ ।
प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ। ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्।
मंगलबार आएको बाढी तथा पहिरोले उक्त क्षेत्रको सडक यातायात अवरुद्ध गरेको छ। भने नेपाली सेनाको टोली, नेपाल प्रहरी र सशत्र प्रहरीले उद्धार गरिरहेको छ।
अहिलेसम्म ५० भन्दा बढी व्यक्तिहरु बेपत्ता भएका छन्। नदिनमा पानीको बहाब कम नभएकाले र सडकबाट जाने बाटो नभएकाले एकिन क्षेतिको विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।