नागरिक पोष्ट News


एक पछि अर्को गर्दै सामाजिक अभियान्ता निशानामा ! काठमाण्डौमा पत्रकार र अभियान्तामाथि हातपात

3.7K

-सबु बस्नेत,  काठमाण्डौ।  केहिदिन अघि मात्र सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमा सुर्खेतमा सुर्खेतमा आक्रमण भएको घटना सेलाउन नपाउदै काठमाडौको बालाजुमा सामाजिक अभियान्ता एवं पत्रकार माथी आक्रमण भएको छ ।

बि पि स्टडि युथ सर्कलले बिगत 2 साता देखि बालाजु माछापोखरिमा निशुल्क खाना बितरण गर्दै आइरहेको स्थानमा अपरिचित ब्याक्ती प्रबेस गरि पत्रकार सुबास जि सि माथी हातपात साथै क्यामेरा तोडफोडको प्रयास गरेपछी स्थिती तनाब ग्रस्त बन्यो ।

आफुलाइ इम्पोर्ट तथा एक्स्पोर्ट कम्पनी मालिक बताउने यी ब्यक्ति निशुल्क खाना बितरण भैरहेको स्थलमा प्रबेस गरि आयोजक एवं संचालक को हो भनेर सोध खोज गरे तर उनको असभ्य शैली देखेपछि पत्रकारले भिडियो कैद गर्दा क्यामेरा तथा पत्रकारमाथी हातपात गर्न पुगेका हुन ।

पत्रकार जि सि का अनुसार म सङ्ग कुनै दुश्मनी थियन र देखिदैन थियो उस्ले सोझै आयोजक को हो भन्दै खोज्दै थियो तर मलाइ गुण्डागर्दी शैली लागे पछि मैले भिडियो रेकर्ड गर्न प्रयास गरे तर क्यामेरा मै झम्टियो । जि सि अगाडि भन्छन त्यो मान्छे मैले क्यामेरा नदेखाउदा सम्म म माथी आक्रमण गर्दैन थियो तर मैले मैले भिडियो रेकर्ड गर्न आटेको देखेर आयोजक माथीको आक्रोश म माथी पोख्यो ।

निशुल्क खाना बितरण अभियानका आयोजक सुमन गिरिका अनुसार  यो अभियान लोकप्रिय भएको र हाम्रो लोकप्रियता लाई देख्न नस्क्ने तत्वले हाम्रो अभियानलाइ असफल बनाउन लागिपरेको बताए । आयोजक मध्यका सुबास कट्टेलका अनुसार अभियानमा नेपाली काङ्ग्रेसका प्रभावसाली युबा नेता नैनसिङ्ग महरा माथि आक्रमणको उदेश्य हुनु पर्ने जिकिर गरे । नैनसिङ महरा केही बेर अघि मात्र यश अभियानमा उपस्थित भएर खाना बितरण तथा शुभकामना मन्तब्य राखेका थिय । कट्टेल अगाडि थप्छन महराको शुभकामना मन्तव्य राखे पछि मात्र आयोजकमाथी आक्रमणको योजना बनेको हुन सक्ने अनुमान गर्दै यो घटना नियोजित भएको जिकिर गरे ।

बितेका दुई साता देखि लगातार सभ्य, भब्य र अत्यन्तै लोकप्रिय बनिरहेको यो अभियानमा जबजब सरकारका बहालवाला मन्त्री देखि चर्चित पत्रकार ऋषि धमला सम्म उपस्थित हुनुले पनि यो अभियान र अभियान्ताहरु कुनैन कुनै तबरबाट तारो बनाइएको हुन सक्ने अनुमान गर्न सकिन्छ । देशमा कम्युनिस्ट सरकार छ सडकमा भोको पेट जनता छन यहि मौकामा जनताको मन जित्ने चेस्टामा लागेको बि पि युथ सर्कलले सरकारलाई चुनौती मात्र दिएन, सरकारका बहालवाला मन्त्रीलाई उपस्थित गराएर सरकार तथा मन्त्रीमाथी नै अघोषित व्यंग्य गरेको थियो । कार्यक्रममा मन्त्री ज्यु उपस्थित हुनु करिब २० मिनेट लामो मन्तब्य राखेर पनि आयोजक टिम लाई धन्यवाद तथा शुभकामना नराख्नु लाई आश्चर्यको रुपमा हेरिएको थियो साथै सोही दिन देखि आयोजकहरु आफुलाइ असुरक्षित महसुस गर्न थालेको अभियान्ता सुमन गिरि बताउछन

यस अभियानमा केहिदिन अघि मात्र नेपाल सरकरका तर्फबाट महिला बालबालिका तथा समाजकल्याण मन्त्री रेनुका गुरुङ्ग उपस्थित हुनुभएको थियो । अभियानमा आक्रमण गर्ने अज्ञात ब्याक्ती लाई बालाजु प्रहरि बृतले नियन्त्रणमा लिइ आबस्यक छानबिन भैरहेको छ

Must View