नागरिक पोष्ट News


निषेधाज्ञा खुकुलो भयो, के गर्न पाइने र के के गर्न नपाइने ?

1.8K

काठमाडाैं । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा असार ७ गतेसम्म केही खुकुलो बनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको हो । यसअघि असाार ३१ गतेसम्म जारी रहेको निषेधाज्ञा आगामी असार ७ गतेसम्म लम्बिएको हो ।

अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ । होटल तथा रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल-रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् ।

इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा लागू भएको डेढ महिनासम्म पनि कोरोना संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

उनका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । यसअघि बिहान ९ बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन भएको छ भने अनलाइन डेलिभरीलाई समेत रोक लगाईएको थियो ।

यस्तै निषेधाज्ञा खुकुलो भएसगैँ पुस्तक पसल समेत खुला हुने भएको छ । यस्तै, अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

 

Must View