नागरिक पोष्ट News


खुकुलो हुने गरी निषेधाज्ञा एक हप्ता थपियो , खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

2.3K

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आजको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा खाद्यान्न, तरकारी तथा फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो ।  

त्यस्तै, हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खोल्न दिने दिने निर्णय भएको छ भने अनलाइन डेलिभरी, कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खोल्न गर्न दिने निर्णय भएको छ । 

हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश  

 

Must View