नागरिक पोष्ट News


वैकल्पिक सिकाइको विधि यथाशीघ्र अवलम्बन गर्न तारकेश्वरका शिक्षकहरुको जोड

1.2K

पुकार तिमलसिना,काठमाडौं -  शिक्षा क्षेत्रका विज्ञहरूले विगतको जस्तै गरी नियमित शैक्षिक सत्र अनुरुप कक्षा सञ्चालन हुन नसक्ने जनाउँदै वैकल्पिक सिकाइको विधि यथाशीघ्र अवलम्बन गर्न जोड दिएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन तारकेश्वर नगर समितिद्धारा आयोजित जुम मार्फत गरिएको शैक्षिक अन्र्तक्रिया कार्यक्रममा वैकल्पिक व्यवस्था अनुसार सिकाइका कक्षा सञ्चालन गर्नुपर्ने राय व्यक्त गरिएको हो।

कोरोना भाइरस महामारीले शैक्षिक क्षेत्रमा पारेको प्रभाव र व्यवस्थापनको वैकल्पिक उपायका सन्दर्भमा गरेको विज्ञसँगको अनलाइन संवादमा  बिभिन्न शिक्षाविद , तारकेश्वर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपाने , प्रमुख कार्यकारी अधिकृत शिव लम्साल , उपमेयर भवानी डोटेल , मेयर रामेश्वर बोहोरा तथा शिक्षा बिज्ञान तथा प्रबिधि मंत्रालयका सचिव रामप्रसाद थपलिया लगायतको सहभागीता थियो।

सिकाइको वैकल्पिक व्यवस्था गर्ने भनिए पनि त्यसका लागि स्रोतको उपलब्धता र त्यसको व्यवस्थापन कसरी गर्ने बारेमा घनिभूत छलफल भएको नेपाल राष्ट्रिय शिक्षक संगठन तारकेश्वर नगर समितिका संयोजक समुन्द्र तिमिल्सिनाले बताए ।

सयोजक्र तिमिल्सिनाका अनुसार विद्यालयसँग पूर्वाधार भए पनि विद्यार्थी प्रविधिसँग जोडिन नसक्ने अवस्था छ। विद्यालयहरू बन्द भए पनि विद्यार्थीको सिकाइ बन्द हुन नहुने र त्यसका निरन्तरताका लागि तत्कालै राज्यबाट कुनै ठोस कार्यक्रम नआउदा विद्यार्थीहरुलाई अन्योलका श्रृजना भएको छ।

विद्यालयमा स्रोतको उपलब्धता र त्यसलाई प्रयोग गर्ने ज्ञानका आधारमा विद्यार्थीको समेत विभिन्न समूह निर्माण गर्ने आवश्यक छ। पहिलो समूह जसको इन्टरनेटमा पहुँच छ, प्रयोग गर्ने ज्ञान पनि छ।

अर्को समूह इन्टरनेटको पहुँच भए पनि त्यसको राम्रोसँग प्रयोग गर्न ज्ञानको कमी छ। तेश्रो समूह, जसलाई रेडियोरटेलिभिजनको माध्यमबाट कक्षा दिन सकिने छ। इन्टरनेट, रेडियोरटेलिभिजनमा पहुँच नभएको अर्को समूह छ। अभिभावकको सहयोगबाट कक्षा लिन सकिने विद्यार्थी समूह पहिलो, दोश्रो र तेश्रो समूह छ। तर, चौथो समूहका विद्यार्थीका अभिभावक नै निरक्षर छन्। ज्यालादारी गर्ने मजदुर, जसले काम नपाएर आफैं समस्यामा परेका छन्। उनीहरुको बच्चालाई पढाउने विधि प्रमुख चुनौती रहेको छ। ‘फरकफरक समूहका विद्यार्थी भएकाले एउटै तरिकाले पढाउन सम्भव छैन। बहुविधि प्रयोग गर्नैपर्छ।’ अनलाइन संवादमा सरोकारवालाहरुको यस्तो भनाई छ ।

यसै बिच तारकेश्वर शिक्षा शाखा प्रमूख होमनाथ न्यौपानेले महामारीले शैक्षिक सत्र पूरै प्रभावित गर्न सक्ने भएकाले वैकल्पिक तयारी र विविध रणनीति अपनाउनुपर्ने विज्ञहरुको राय अनुसारनै नगरपालिकाले आवश्यक गृहकार्य गरेको बताए । स्थानीय तह र शिक्षकको संलग्नताबाट नयाँ विधि लागू गर्न सकिने न्यौपानेको भनाई छ। १२००० रुपैया सिहत प्रत्येक स्कुललाई रकम उपलब्ध गराएको तथा शुनौलो तारकेश्वर यूटियुब च्यानलबाट ७२ वटा पाठ्यक्रम पढाइएको उनको भनाई छ ।

करिव १२० जना शिक्षक शिक्षिकाहरुको शहभागी सो  कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौका अध्यक्ष बिष्णु पनेरुले शिक्षकहरुलाई प्रबिधिमैत्री बनाउन एक शिक्षक एक ल्यापटपको ब्यवस्था हुनुपर्ने बताए । संभब भए सम्म फजुल खर्च कटाएर भएपनि शिक्षकहरुलाई प्रबिधिमैत्री बनाउन आवश्यक रहेको पनेरुको जोड छ । शिक्षक संघीय सरकारको हो वा स्थानिय तहको हो , अन्यौलता भएको र शिक्षकहरुलाइृ राज्यले बिवेद नगरी राष्ट्र सेवक कर्मचारी सरह सुविधा हुर्नुपर्नेमा उनको तर्क छ ।

शिक्षा ऐन थप फराकीलो , तहगत प्रणालीमा कर्मचारी मिलान :  शिक्षा सचिव

सोही कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रबिधि मंत्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा ऐनलाई थप फराकीलो बनाउन कानुन मंत्रालयमा बिचाराधिन रहेको बताए । शिक्षासंग सरोकार राख्ने निकायहरुसंग छलफल र परामर्श गरिने साथै तिन तहका कर्मचारीहरुलाई मिलान गरिने उनको भनाई छ । स्थानिय तहमा मिलान गर्न मेयर , उपमेयर , कार्यकारीको प्रमुख भूमिका रहने हुँदा यसमा ध्यान दिन आग्रह समेत गरेका छन ।

सचिव थपलियाका अनुसार देशभरका करिव ४३०० वटा विद्यालयलाई ५ अर्व बजेट बिनियोजन गरिएको भएता पनि कोभीडको कारण यस बर्ष प्रभावकारी कार्यन्वयन हुन नसकेको साथै आगामी बर्षमा बजेटको आकार बढाइएको छ । शिक्षक पेन्सनको रकमलाई ब्यवस्थीत गरिएको , जिल्लाबाटौ नविकरणको ब्यवस्था मिलाउदै अन्य सेवा र सुबिधाको लागी अर्थ मंत्रालयसंग छलफल भैरहेको बताए ।

सोही अवसरमा शिक्षक शान्ति कुमार क्षेष्ठ र सुवास घिमिरेप्रति भावपूर्ण श्रदाञ्जली समेत अर्पण गरिएको थियो ।

Must View