नागरिक पोष्ट News


लकडाउनमा घरमै बसी बालबालिकालाई बौद्धिक बनाउँदै इन्टरटेन्टमेन्ट प्रा लि

1.5K

काठमाण्डौँ - इन्टरटेन्टमन प्रा.लि.ले कोभिड १९ को समयमा बालबालिकालाई घरमै बसि अझ रचनात्मक बनाउन "अनुभब साटौं,भनौं कथा, सुनाओैं कोभिडको समस्या" भन्ने मुल आशयका साथ यो असार १ गतेदेखि Suvani Pandemic Covid-19 Life Changer 2078 सिजन फस्ट contest सुरु गर्न लागेका छन्। सो कन्टेस्ट संचालनका लागि पाँच जना युवाहरु मिली सँगै कार्य गर्दै आएका छन्।

यो एक महिना भर्चुअल सेसनमा हुनेछन् । सामाजिक दुरी र स्वास्थ मापदण्डका साथ बिधालयका बिधार्थीहरुले घरमा नै बसि यो कन्टेस्टमा सहभागी हुन सक्ने छन्। विभिन्न स्कुल र चाइल्ड होमहरुका बालबालिकासँग इन हाउस स्टोरीटेलिङ सेसन, अनुभब साटासाट, कोभिडको असर सम्बन्धीहरु भइराखे पनि यसरी जहाँसुकैबाट, जोकोकी इच्छुक बालबालिका र अभिभावक सहभागी हुन पाउने भर्चुअल सेसनमा १ मिनेट सम्मको भिडियो बनाई फारम सँगै email वा फेसबुक पेजमा मेसेन्जर मार्फत पठाउन सकिने छ। यस्ता कार्य र कन्टेस्टले बालबालिकहरुलाई आफुमा भएको बोल्न सक्ने क्षमता पनि बद्ने अनि अलि लकडाउनको समयमा समयको पनि सदुपयोग हुने कार्यक्रम-संयोजक सुजिना श्रेष्ठको प्रतिक्रिया रहेको छ। श्रेष्ठ भन्नु हुन्छ "मेरो लागि यो पहिलो अनुभब हो ।

फरक फरक ठाउँका फरक फरक उमेर भएका समूहका साथीहरुसँग भेट्न म पनि आतुर छु।लकडाउनको समयमा बालबालिकाको प्रतिभा यसरी अगाडि ल्याउन पाउनु अहिलेको समयमा राम्रो हो। अहिले पहिलो सिजनमा ४ बर्ष देखि १७ बर्षको बालबालिकाले सहभागी हुन सक्छन्। यस कन्टेस्टमा सुजिना श्रेष्ठ किर्तीपुरबाट लगायत अरु युवाहरु सिभानी कार्कि पोखराबाट ,श्रीजन बैध काठमाडौंबाट,राजिब श्रेष्ठ भक्तपुरबाट, बिबुल अमात्य पाटनका प्रतिनिधि हुनुहुन्छ। उहाँहरुले अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने जानकारी दिनुभयो।

Must View