नागरिक पोष्ट News


पोस्ट कोभिड के हो ? धेरैले अनुभव गरेका लक्षणहरु यस्ता

1.5K

कोरोना भाइरसबाट सङ्क्रमित भइ निको भएपनि मानिसमा शारिरीक तथा मानिसक समस्या देखिन थालेको छ । निको भइसकेका ७० प्रतिशत बिरामीको स्वास्थ्य पोस्ट कोभिड देखिने अध्ययनले देखाएको छ ।

पोस्ट कोभिड वा लङ्ग कोभिड सङ्क्रमणबाट निको भएको लामो समयसम्म अनुभव गरेका लक्षणलाई परिभाषित गर्न प्रयोग गरिन्छ । हल्का वा मध्यम सङ्क्रमण भएका मानिसहरूले कम्तिमा दुई हप्ता वा सोभन्दा कम समय लक्षणहरू अनुभव गर्छन् ।

तर सङ्क्रमण भएका केह िबिरामीहरूले सङ्क्रमणको १२ हप्तापछि पनि लामो समयसम्म लक्षणहरू अनुभव गरिरहेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटी स्कूल अफ मेडिसिनलेको नयाँ अध्ययन अनुसार मध्यम र गम्भीर सङ्क्रमण भएका ७० प्रतिशत बिरामीहरूले कोभिड निको भएको केही महिनापछि विभिन्न लक्षणहरू अनुभव गरेका थिए ।

अध्ययनमा लङ्ग कोभिड अनुभव गरेको सबैभन्दा सामान्य लक्षणहरू पनि उल्लेख गरिएको छ । गम्भीर थकान वा अस्पष्ट कमजोरी कोभिडका बिरामीमा धेरै जसो देखिने लक्षण हो । तर, स्ट्यानफोर्डका अनुसन्धानकर्ताहरूका अनुसार कोभिडबाट निको भएका मानिसमा पनि उक्त समस्या धेरै देखिएको छ । भाइरसले शरीरको प्रतिरक्षा प्रणाली र सम्पूर्ण शरीरमा असर गर्ने हुँदा बिरामीहरूले लामो समयसम्म थकान अनुभव गर्न सक्छन् ।

त्यस्तै, पोस्ट कोभिडको समस्या भएका मानिसमा ब्रेन फगको लक्षण देखिएको छ । यसमा मानिसहरूलाई ध्यान केन्द्रित गर्न अत्यन्त गाह्रो हुने हुन्छ । यसले केन्द्रीय स्नायु प्रणालीको कार्य तथा सिक्ने क्षमतामा बाधा पुर्‍याउन सक्छ, जसले मानसिक थकान र भ्रम निम्त्याउँन सक्छ । सास फेर्न गाह्रो हुनु पनि कोभिडको लक्षण हो, जसले शरीरमा अक्सिजनको स्तरमा कमी आएको वा अत्याधिक थकानको सङ्केत गर्छ ।

सास फेर्न गाह्रो हुने समस्या पोस्ट कोभिडमा पनि देखिन सक्छ । र, समयमै उपचार नगरेको खण्डमा छाती दुखाइ पनि सुरु हुन सक्छ ।

Must View