नागरिक पोष्ट News


नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री प्रदान

2K

शर्मिला विश्वकर्मा,काठमाडौं - भक्तपुर मध्यपुरथिमी नगरपालिका स्थीत नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन व्यवस्थापनमा सहयोग पुर्याउन नेपाल राईजिङ अमेरिका, इनगेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा हिजो जेठ १९ गते स्वास्थ्य सामग्री प्रदान गरिएको छ। कोभिड -१९ र्यापिड एक्सन टास्कफोर्स समुहले थिमी मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई १० लिटरका ६३ थान हाइपरफमेन्स अक्सिजन कन्सनट्रेटर मेशिन हस्तान्तरण गर्दै यस सहयोग स्वरूप प्राप्त स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमित व्यक्तिहरुको उपचारमा विशेष सहयोग पुग्ने र भन्दै अस्पतालमा कोरोना सङ्क्रमित विरामीको उपचारका लागि बेड थप गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यसै क्रममा गुठिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले महामारीबाट बच्न घरभित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए भने इनगेज नेपालका डा. दिवेश कर्माचार्यले मध्यपुर ठिमी नगरपालिकाले नमुना अस्पताल सञ्चालन गरेर महामारीको समयमा विरामीहरुलाई पु¥याएको सेवा प्रेरणादायी रहेको भन्दै आगामी दिनमा अस्पतालको प्रयोगशाला विस्तार गर्न, अस्पतालबाट निस्कने फोहोर बैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्न र आधुनिक सार्वजनिक शौचालय निर्माण गरी सेवा विस्तार गर्न थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । सो समुहले विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा हालसम्म १ सय वटा अक्सिजन सिलिण्डर र ७३ वटा अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिसकेको छ ।

Must View