नागरिक पोष्ट News


मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई राष्ट्रिय महिला आयोगकी अध्यक्षले भेट गर्नु भयो

1.7K

 शर्मिला विश्वकर्मा, काठमाण्डौं - डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा हिजो जेठ १९ गते राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले अस्पतालमा पुगेर जानकारी लनु भएको छ । एक साता अगाडि डोटी जिल्ला आदर्श गाउँपालिका वडा ४ की वर्ष २८ की लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अञ्जु भाटलाई श्रीमान सन्तोष भाटले ढोका बन्द गरी मट्टीतेल खन्याएर आगो लगाई ज्यान मार्ने प्रयास गरेका थिए । स्थानीय अस्पतालमा भाटको उपचार हुन नसके पछि गृहमन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टर मार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर स्थीत बर्न अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले अस्पतालमा पुगेर पीडित लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अञ्जु भाटलाई भेटेर उहाँहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै पीडकलाई जन्मकैदको सजाय हुने पर्ने बताउनु भएको थियो । सोही क्रममा उहाँले डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएर पीडकले हदै सम्मको सजायँ पाउनु पर्नेमा जोड दिनु भयो ।

साथै उहाँले यो दोस्रो चरणको कोरोनाको महामरीको फैलिए पछि निषेधाज्ञाका कारण धेरै महिला घर भित्रै बस्नु पर्ने, रोजगारी गुमेको कारण आफ्नै नजिकका नातेदार, श्रीमान परिवारबाट हिंसामा परिरहेको बताउदै राष्ट्रिय महलिा आयोगद्वारा सञ्चालित हेल्पलाइन ११४५ पनि हरेक दिन लैङ्गिक हिंसाको गुनासो, उजुरी बढिरहेको भन्दै लैङ्गिक हिंसामा संलग्न हुनेलाई आयोगले कानुनको दायरामा ल्याउन र हिंसा हुन नदिन भर्चुअल माध्यमबाट विविध कार्यक्रम सञ्चालन गरिरहेको पनि बताउनु भयो । आयोगले निषेधाज्ञामा घरमा रहेका महिला÷किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श सेवा उपलब्ध गराउदै आएको र हिंसामा परेमा उक्त हेल्पलाइनबाट २४ सै घण्टा उजुरी लिने र कानूनी सहयोग समेत सञ्चालन गरिरहेको छ ।

Must View