नागरिक पोष्ट News


कोरोना कहरकै बीच करको दायरा विस्तार

1K

काठमाडौं - कोभिड महामारीका कारण आम जनजीवनका साथै आर्थिक, व्यावसायिक तथा औद्योगिक क्षेत्र प्रभावित भइरहँदा सरकारको करको दायरा भने बढेको पाइएको छ । कोरोना संकटले सम्पूर्ण आर्थिक क्रियाकलाप अवरुद्ध भइरहे पनि करको आधार तथा दायरा विस्तार भएको अर्थ मन्त्रालयले बताएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक, व्यक्तिगत र करकट्टा गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (प्यान) समेत गरी चालू आर्थिक वर्षको फागुनसम्ममा स्थायी लेखा नम्बर लिनेको संख्या ३९ लाख ११ हजार ४६४ पुगेको छ । गत असारसम्म यस्तो संख्या ३३ लाख ३७ हजार ४५२ रहेको थियो ।

यसैगरी चालू आवको ८ महिनामा २६ हजार ५६३ नयाँ करदाता थप भई मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८२ हजार ५२६ पुगेको छ । सोही अवधिमा अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ९ हजार २९८ पुगेको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ४८ हजार ९०४ रहेका छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २३ लाख ५४ हजार ३६० रहेको भने कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ८ हजार २०० वटा जारी भएको छ ।

Must View