नागरिक पोष्ट News


अलविदा उज्ज्वल थापा ! वैकल्पिक नेपाली राजनीतिकका एक सच्चा पहरेदार

2K

काठमाडौं। विवेकशील साझा पार्टीका नेता ४४ वर्षीय उज्वल थापाको निधन भएको छ। उनको उपचारका क्रममा मिति २०७८ साल जेष्ठ १९ गते मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो। 

स्वर्गीय थापा नेपालमा राजनीतिक दलहरुप्रति वितृष्ण फैलिएका बेला युवाहरुमाझ एक आशाको दियो बनेर आएका थिए। परम्परागत राजनीतिभन्दा फरक युवाहरुलाई राजनीतिमा आकर्षित गर्दै थापाले नेपालमा वैकल्पिक राजनीतिको अभियान नै थालेका थिए। र उनले परम्परागत राजनीतिको अवधाराणा नै बदल्ने प्रयास गरेका थिए।

राजनितीक जीवन

एरिका अधिकारीसँग विवाह बन्धनमा बाँधिएका उज्वललाई परिवारका सदस्यहरु राजनीतिबाट टाढा राख्न चाहन्थे। सन् २०१० ताका नेपालमा विभिन्न राजनीतिक दलहरुले दिनहुँजस्तो नेपाल बन्दको घोषणा गर्दथे। आफूलाई सँधै फरक ढंगबाट प्रस्तुत गर्न चाहने उज्वलले अन्य युवाहरुसँग मिलेर त्यसबेला एउटा अभियान शुरु गरे, “नेपाल खुल्ला छ”।

“नेपाल खुल्ला छ” अभियान अन्तरगत उनीहरुले विभिन्न विरोधका कार्यक्रमहरु गरे। उनीहरुले बन्द भन्ने शब्दलाई नै बन्द गरिदिए। बन्दलाई पार्टीहरुका कुकर्मको चरम अत्याचार को संज्ञा समेत दिए। “नेपाल बन्द” र यसको विरुद्धमा “नेपाल खुल्ला छ” लेखेका पर्चा बोकेर जनताको हकअधिकार सुनिश्चित गर्ने अभियानका मुख्य अभियन्ता हुन् उज्वल थापा।

यस अभियानले उनलाई अन्य अभियानमा गैरराजनीतिक युवाहरुको साथ मिल्यो। जसले गर्दा उनीहरुको अभियान फराकिलो हुँदै गयो। युवाहरुको साथ त समेत मिल्यो तर बषौँदेखिका राजनीतिज्ञहरुसँग राजनीतिको पोखरी बाहिर बसेर लड्नु उज्वल र उनको समुहका लागि असम्भव भयो।

अन्ततः मे २८, २०१२ मा सामान्य भेला गरेर उक्त अभियानलाई उनको नेतृत्वमा विवेकशील नेपाली दलको नामले राजनीतिक दलका रुपमा स्थापित गराए । सामाजिक कार्य गर्दै आएका सक्रिय युवा समुहले संविधान सभाको दोस्रो चुनावका क्रममा कानुनी रूपमा यो दलको दर्ता गरेका थिए।​ यस दलले संविधान सभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रूपमा ४ जना सदस्यहरू उठाएको थियो । काठमाण्डौ क्षेत्र नं ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएर उक्त निर्वाचनमा उनले ३ हजार भोट प्राप्त गरेका थिए।

उज्जवलले २०१२ को डिसेम्बरमा वैदेशिक रोजगारीबाट फर्केकी नेपाली चेली सिता राईको सुरक्षाकर्मीहरुबाटै लुटपाट र बलात्कार भएपछि फरिया लगाएर महिला हिंसा विरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा १०७ दिनसम्म रचनात्मक आन्दोलन गरेका थिए।

सन् २०१२ मा स्थापना भएर सन् २०१४ मा विवेकशील नेपाली दलले आधिकारिकता प्राप्त गरेको थियो। त्यसबीचमा उनले बन्द विरुद्ध, लोकमान काण्ड, भूकम्प पुनर्निर्माण ढिलाई अभियान, डा गोविन्द के सी अनसन आन्दोलन, जुनसुकै सरकारी पक्षका मनपरीतन्त्र विरुद्ध चर्को आवाज उठाउँदै आएका उनले पार्टी संयोजकको भूमिका महत्वपूर्ण तबरले निर्वाह गरे।

नयाँ संविधान जारीपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा विवेकशी पार्टीले विभिन्न स्थानीय तहमा चुनाव लड्यो। काठमाडौं महानगरपालिकामा मेयर उठेकी रञ्चु दर्शनाले जित हात पार्न नसके पनि लोभ लाग्दो पपुलर मत ल्याएकी थिइन्।

यस निर्वाचनमा पत्रकार रविन्द्र मिश्रले स्थापना गरेको साझा पार्टीले पनि लोकप्रिय मत ल्याएको थियो। त्यसपछि उज्ज्वल र मिश्रबीच पार्टी एकीकरण हुनुपर्ने सुझावहरु आए। जसको कारण पार्टी एकीकरण भयो र बन्यो विवेकशील साझा पार्टी। उज्ज्वल सो पार्टीको संयोजकसमेत बने।

साझासँग समायोजन भएपछि उज्वलको छवि धमिलियो र उनी पार्टीको अनुमतिविना आत्मसमिक्षा गर्न जिल्ला भ्रमणमा निस्केर लिखित प्रतिवेदन समेत सार्वजनिक गरे र त्यसको केही समयपछि साझा र विवेकशीलबीच फुट भयो।

विवेकशील र साझाको पुनर्मिलन भएपनि विवेकशीलको बीउ रोप्ने उज्ज्वल थापा हाल आएर नयाँ पुस्तामा नेतृत्व हस्ताण्तरण गर्ने भन्दै मौन थिए ।

Must View