नागरिक पोष्ट News


रामेछापको ८ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट,कुन स्थानीय तहले कति पाए बजेट ? (हेर्नुहोस)

1.3K

 पुष्कर खड्का रामेछाप - संघीय सरकारले रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले रामेछापका ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट मन्थली नगरपालिकाले पाउने भएको छ भने सवैभन्दा कम उमाकुण्ड गाउँपालिकाले पाउने भएको छ ।

आगामी वर्षका लागि जिल्लाको मन्थली नगरपालिकाले ५८ करोड ५७ लाख रुपियाँ, रामेछाप नगरपालिकाले ४३ करोड २७ लाख रुपियाँ, उमाकुण्ड गाउँपालिकाले २९ करोढ ४२ लाख रुपियाँ, खाँडादेवी गाउँपालिकाले ४१ करोड ४८ लाख रुपियाँ, गोकुलगंगा गाउँपालिकाले ३२ करोड २१ लाख रुपियाँ, दोरम्बा शैलुङ गाउँपालिकाले ३३ करोड ९० लाख रुपियाँ,लिखु तामाकोशी गाउँपालिकाले ३५ करोड ३० लाख रुपियाँ र सुनापति गाउँपालिकाले ३० करोड ३८ लाख रुपियाँ बजेट पाएको छ ।

Must View