नागरिक पोष्ट News


गण्डकी प्रदेशमा काेराेनाकाे कारण १७ जनाकाे मृत्यु

0.9K

ऋषी राम दाहाल - गण्डकी प्रदेशमा काेराेनाकाे संक्रमित १७ जनाकाे मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८४२ जना संक्रमित थपिएका छन्।गण्डकी प्रदेशमा अहिलेसम्म काेराेनाकाे कारण ६७८ जनाकाे मृत्यु भएको छ गण्डकीका विभिन्न जिल्लाका अस्पताल मा उपचाररत १७जनाकोमृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।मृत्यु हुनेमा म्यादीमा १जना लमजुङमा १ जना तनहुँमा ४जना कास्कीमा ४जना बागलुङमा२जना स्याङ्जामा २जना र नवलपरासी पुर्वमा ३जना रहेका छन् । भने नयाँ संक्रमित रहेका जिल्ला का कास्की मा१५६जना मुस्ताङमा ०जना मनाङमा०जना म्यादी ३८जना पर्वतमा ३६जना गाेरखामा २४०जना लमजुङमा ३७जना तनहुँमा ६१जना बागलुङ मा ११०जना स्याङ्जामा ६७जना र नवलपरासी पुर्वमा ९७रहेका छन् ।

Must View