नागरिक पोष्ट News


सानु के सी को नयाँ लोक दोहोरी गीत छिट्टै लिन आउ राजा सार्वजनिक

4.1K

काठमाडौँ - जुनतारा,हिडे मुग्लान काटें नारायणघाट, ठोक मादल,हे माया बैगुनि,सुन्दर नुवाकोट जस्ता दर्जनौं चर्चित गीत गाएका गायक सर्जक सानु के।सि। को रमाइलो नयाँ मौलिक लोकदोहोरी गीत छिट्टै लिन आउ राजा, रानि लाई बोल को गित जुनतारा इन्टरटेनमेन्ट को औपचरिक युटुव च्यानलबाट बजारमा ल्याएको छ।  

प्रेमि प्रेमिका बीचको रमाइलो, माया गुनासो समेटिएको गीतमा सानु के.सि.र असोक कु.सपकोटाको शब्द श्रृजना संगीत सुफिक्स मदन ले गरेका हुन् । गीतको रेकर्ड संगीत सरोबर डिजिटल रेकर्डिंग स्टुडियोमा भएको हो भने मिक्सिङ मस्टरिंग  बिजय मगर ले गरेका हुन् ।

अशोक कु सापकोटा द्धारा निर्देशित भिडियोमा मोडल भुवन चौलागाँइ, श्रृजन पण्डित र लक्ष्मी दर्नालको अभिनय रहेको छ भने छायाँकन ,सम्पादन दिनेश मुस्कानले गरेका हुन ।  प्रत्यक्ष दोहोरी बाट आफ्नो यात्रा शुरु गरेका गायक सानु के .सी को यस गीत राजा रानी पनि अरु गीत झै चर्चा बटुल्ने विश्वास राखेकोबताउछन् ।

Must View