नागरिक पोष्ट News


धादिङमा कोरोना सक्रिय केशको संख्या १६ सय १२ पुग्यो, एक जनाको मृत्यु

1.3K

बाबुराम श्रेष्ठ धादिङ,धादिङमा - धादिङमा कोरोना सक्रिय केशको संख्या १६ सय १२ पुगेको छ । संक्रमित मध्ये १४ सय ८२ जना जिल्ला भित्र र १ सय ३० जना जिल्ला बाहिरका गरि कुल सक्रिय केशको संख्या १४ सय ८२ रहेको स्वास्थ्य कार्यालय धादिङका सीआइसीटीका सहजकर्ता उन्नति महर्जनले जानकारी दिनु भयो ।

यस्तै कोरोनाका कारण १४२ जना निको भएर घर फर्कीसकेका छन् भने कोरोनाका कारण सोमबार गङ्गाजमुना गाउँपालिकाका ७१ बर्षिय पुरुषको मृत्यु भएको छ । यो सङ्गै जिल्लामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यस्तै सोमबार धादिङमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरूमा निलकण्ठ नगरपालिकाका १८० जना, गजुरीका २,बेनिघाटका ६,ज्वालामुखीका ६८, त्रिपुरासुन्दारीका ३, गङ्गाजमुनाका १९, नेत्रावतीका ३,थाक्रेका २२,रुबिभ्यालीका ३ र धादिङ अस्पतालका १२ गरि कुल ३१८ जना रहेका छन् । जिल्ला भित्रको हस्पिटल आइसोलेसनमा २१ ,संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा १४४४ जना रहेका छन् । त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १०५ रहेका छन् । जिल्ला भित्र १३६ जनाको स्वाब संकलन भएको छ । १०५ वटा एन्टिजेन परिक्षणमा गरिएको छ ।

 

Must View