गूड हुमन सस्था द्वारा खाधान्य सहयोग
साबित्रि बस्नेत,काठमाडौं - (कोभिड 19 )को द्रोसो लहर चले सगै धेरै मानिस हरु समस्यामा परेका छन ।जसले गर्दा दैनिक ज्याला मजदुरि गरेर खान बाध्य ब्यक्तिहरु र सडक पेटिमा बस्न बाध्य ब्यक्ति हरु ठुलो मारमा परेका छन् ।
विभिन्न समाजिक अभियान्ता तथा विभिन्न संघ संस्थाहरुले दैनिक निशुल्क खाना वितरण गरि रहेका छन् । यस्तै राइजिग 100's ग्रुपले विगत १४ महिना देखि निशुल्क खाना वितरण गरिरहेको छ । यो पबित्र कार्यमा केहि हद सम्म भएपनि सहयोग पुगोस भनि गूड हुमन सस्था द्वारा संस्थाका सदस्य समाजसेवि,ब्यबसायि रामहरि सेढाई ज्युको सहयोगमा गूड हुमन सस्थाका अध्यक्ष पुष्कर राज पाण्डे तथा सस्थाका सदस्य सेढाई स्वयम् को उपस्थिति मा दैनिका आबस्यक खाधान्यहरु चामल, नुन तेल मरमसला लगायत का अन्य दैनिक आबस्यक बस्तुहरु सस्थाको कार्यलयबाट राइजिगं 100's ग्रुप का अध्यक्ष अंशु यादव लगायत टिम लाई बितरण गरेको छ।