नागरिक पोष्ट News


शेयरमा पौने १५ अर्बको कारोबार, बजार भने घट्यो

1.5K

काठमाण्डौँ -  साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । आज १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएर नयाँ रेकर्ड कायम गरेको हो । यो भन्दा पहिले १३ अर्ब १७ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

बजार भने १।२० अंकले घटेर २८१५।३९ विन्दुमा रोकिएको छ । आज २१५ कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ। सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको ६।६५ प्रतिशतले परिसूचक वृद्धि भएको छ ।

आज १० प्रतिशतले शेयर मूल्य वृद्धि खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड र नेपाल हाईड्रो डेभलपमेन्ट लिमिटेडको भएको छ ।

त्यस्तै अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३७६ रुपैयाँ कायम भएको छ ।

Must View