नागरिक पोष्ट News


भेरी अस्पतालको घटना: स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान जोगाउन पहिलो तलाबाट हामफाले

1.1K

नेपालगञ्ज । कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेका छन् । घटनामा एक जना डाक्टर र चार नर्सहरु घाईते भएका छन् । ड्युटीमा खटिएका बेला आफूमाथि हातपात सुरु भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको नर्सिङ अधिकृत शिला शर्माले बताइन् । आक्रोसित भीडले कुटपिट गर्न थालेपछि कतिपय श्वास्थ्यकर्मी आफ्नै ज्यान बचाउन शौचालयमा पसेर लुकेका थिए ।

परिवारलाई जानकारीबिना भेन्टिलेटरमा राखेर उपचार गराउँदा मृत्यु भएको भन्दै रावतका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । अस्पतालमा तनाव उत्पन्न भए पछि प्रहरीले सुरक्षा दिएको थियो ।

Must View