संसद विघटन गर्ने निर्णय तत्काल फिर्ता लिन नयाँ पार्टी, नेपालको आग्रह
काठमाडौं - देशमा भएका पछिल्लो राजनीतिक घटनाप्रति नयाँ पार्टी ,नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। जेठ ६ गतेका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सिफारिसमा नयाँ सरकार गठनको प्रकिया सुरु गर्न संविधानको धारा ७६(५)अनुसार आव्हान संविधान विपरित भएकोले सो कार्य असंवैधानिक रहेको भन्दै नयाँ पार्टी, नेपालले प्रेस विज्ञप्ति निकालेको ठहर छ ।
प्रधानमन्त्रीले संविधानको धारा ७६(४)बमोजिमको प्रक्रियामा समेत नगई सिधै संविधानको धारा ७६ (५)बमोजिम सरकार गठनको लागि राष्ट्रपतिलाई पत्र लेख्ने कार्य ,संसदमा विश्वास गुमाएको स्वीकार गर्दै पुन मिति २०७७ जेठ ७ गतेका दिन प्रधानमन्त्रीको लागि दावी पेश गर्न गएको र सोही दिन राती संसद विघटन गरेकोमा नयाँ पार्टी नेपालले घोर भत्र्सना व्यक्त गरेका छन् । साथै विश्वासको मत लिन नसक्ने तथा संसद विघटन गर्ने व्यक्ति सो प्रधानमन्त्रीको पदमा बस्न नसुहाउने भन्दै तत्काल प्रधानमन्त्रीको पदबाट हट्न आग्रह गरेको छ । साथै संसद विघटन गर्ने निर्णय तत्काल फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छौँ उक्त विज्ञप्तिमा भनिएको छ ।