नागरिक पोष्ट News


कोरोना संक्रमण नघटे २२ जेठपछि निषेधाज्ञामा झन् कडाइ हुने

1.6K

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कडाइकासाथ लागू गरिंदैछ । १६ वैशाखबाट सूरु भएको निषेधाज्ञालाई झण्डै एक महिनापछि झन् कडाइ गर्न लागिएपछि नागरिकमा भने त्रास छ । सरकारले घोषणा गरेरै १४ जेठकदेखि २१ जेठसम्म झन् कडाइ गर्ने सूचना जारी गर्दा एक हप्तासम्म खाद्यान्नका पसलसमेत खोल्न नपाइने भएको छ । सरकारले सूचना जारी गर्दै एक हप्तासम्म पुग्ने खाद्यान्नसहितका सामग्री जोहो गर्न सूचनासमेत जारी गरेको थियो । यसले पनि जनमानसमा एक किसिमको त्रास पैदा गरेको छ ।

हामीले सूचना गरे अनुसार निषेधाज्ञा हुने हो । यसमा डर त्रास मान्नुपर्ने अवस्था होइन । मानिसहरुमा महामारी नफैलियोस् भनेर हामी कडाई गर्न बाध्य भएका हौं । हामी निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लाग्छौं । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

कोरोना महामारी झन् बढेर गयो । अस्पताल पूरै भरिए । मान्छे आतंकित हुन थाले । भीडभाड झन् बढ्न थाल्यो । यस्तो भएपछि बाध्यात्मक रुपमा निषेधाज्ञालाई झन् कडाई गरिएको हो ।

अहिलेलाई १४ देखि २१ जेठसम्म कडाई गर्ने तपाईंहरुको निर्णय छ । त्यसपछि पनि थपिन्छ की एक हप्तापछि निषेधाज्ञा केही खुकुलो हुन्छ ? यो भनिरहनुपर्ने विषय होइन । महामारी बढिरहने, किनमेलका नाममा भीडभाड बढिरहने हो भने २२ जेठपछि उस्तै परे अहिले घोषणा गरिएको भन्दा पनि कडा निषेधाज्ञामा जान हामी बाध्य हुन्छौं । हामी अहिलेसम्म चुप लागेको कोरोना कम भएर जान्छ की भनेर हो । तर कम नभएपछि निषेधाज्ञालाई कडाई गर्नु हाम्रो बाध्यता हो ।

Must View