नागरिक पोष्ट News


ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर ! (भिडियाे)

2.6K

काठमाडौँ । कमेडियन आदर्श मिश्रा यतिबेला शोकमा छन् । आदर्शले मिर्गौला पीडित आफ्नो बुबाको मृत्युको कारण, अस्पतालको अवस्था र सरकारको स्वास्थ्य नीतिलगायतका विषयलाई लिएर भावुक भिडियो सार्वजनिक गरेका छन् ।

आफ्नै युटुब च्यानलमा एक भिडियो सार्वजनिक गर्दै उनले  डायलसिसमार्फत उपचार गराइरहेका बाबुलाई बचाउन नसक्नुमा अस्पतालको लापरवाही र सरकारी नीतिलाई दोष दिएका छन् । बुबाको मृत्युको कारण वीरगन्जको नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी उप क्षेत्रीय अस्पतालको लापरवाहीलाई पनि दोष दिएका छन् ।

भिडियाेमा  उनले भनेका छन् : मेरो बुबाले एनएमसीमा चार बर्षदेखि डायलसिस गराइरहनु भएको थियो । प्रति डायलसिस ३५ सय रुपैंयाँ तिरको हो तर विरामीलाई समस्या परेको बेला धपाइदिने ? ,‘नारायणी अस्पतालमा गत बर्ष मात्र डायलसिस गराइरहेका विरामीलाई एनएमसी पठाइएको थियो । त्यहाँ विग्रिएको मेसिन नबनाउँदा एक महिनामा पाँच जना विरामीको मृत्यु भयो ।’

विद्यालय संचालक समेत रहेका बुबाको निधनपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेका छन्, उहाँले मृगौला फेल भएपनि सफलताका साथ स्कुल चलाउनुभएको थियो । केपी ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर । तिमी त भेडाहरुलाई पछाडि हुल लगाएर हिडेका छौं । भारतको विरोध गरेर चुनाव जित्यौं ।

 

Must View