नागरिक पोष्ट News


आज एकै दिन १० वटा शुभ महासंयोग

1K

काठमाडौँ - आजको पूर्णिमालाई वैशाख शुक्ल पूर्णिमा भनिन्छ तर महिना भने जेठ भएतापनि आज चण्डीपूर्णिमा, गौतमवुद्धजयन्ती, गोरखनाथजयन्ती, कुर्मजयन्ती, उभौलीपर्व, श्रीवाघभैरव पर्व, गोटिखेल वैतरणीधामस्नान, पूर्णिमाव्रत आदि पर्वहरू पर्दछन् ।

यस दिन घाँटु नृत्य विसर्जन तथा वैशाख स्नानसमाप्ति पनि पर्दछ । यस दिन चण्डेश्वरीरथयात्रा, श्रीवाघभैरवमेला तथा ललितपुरको गोटिखेलमा विशेष मेला लाग्ने गर्दछ ।

उभौली पर्वमा किराँत जातिले प्रकृतिको पूजा गर्दछन् । साथै भूमि पूजा र चण्डी नाँच देखाउछन् । हिउँद लागेपछि जाडो छल्न उँधो बेशीमा झरेका गर्मी लागेपछि चण्डीपूर्णिमा देखि गाईबच्छा सहित उँभो लेकतिर लानथालिने हुँदा राँईकिरात समुदायमा उभौली पर्वका रूपमा मनाईन्छ ।

आज झुल्किने चन्द्रमालाई सुपर फ्लावर मून भनेर चिनिन्छ । यस वर्षको सबैभन्दा ठूलो पूर्णिमाको चन्द्रमा नै आज झुल्किन्छ । यो बर्षकै सबैभन्दा ठूलो आकारको चन्द्रमा हो ।

आज चन्द्रमा पृथ्वीको सबै भन्दा नजिक बिन्दुमा आइपुगेको छ । आज अरु पूर्णिमा भन्दा चन्द्रमा लगभग ७ प्रतिशत ठूलो र १५ प्रतिशत उज्यालो देखाउँदछ। यसैले यसलाई सुपर फ्लावर मून भनिन्छ ।

मे महिनाको पूर्णिमालाई फ्लावर मून भनेर चिनिन्छ किनकि यो वसन्तको फूलहरू फूलेको बेलाको भन्ने बुझिन्छ । यस सुपर फ्लावर मूनले दुई बर्षपछि पहिलो पूर्ण चन्द्रग्रहण पाउँदैछ ।

Must View