योगेश, गोकर्ण लगायतका प्रभावशाली नेता माधव नेपाल समूहमा नै फर्किए (वक्तव्यसहित )
1K
काठमाडौँ - नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही दिन तटस्थ बसेको प्रभावशाली नेता योगेशकुमार भट्टराई, गोकर्ण विष्ट लगायत माधव समूहकै कित्तामा स्पष्ट उभिएका छन् ।
१५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । उक्त वक्तव्यमा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन हस्ताक्षर गर्न अस्वीकार गर्ने नेताहरुपनि सहभागि छन् ।
केही दिन अघि दुबै नेतासहित केही सांसदले माधव नेपालसँग नरहने बताएका थिए । आज वक्तव्य जारी जार्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको ठोकुवा गरेका छन् ।
हेर्नुहोस् वक्तव्य
माधव नेपाल समूहको स्थायी कमिटी सदस्यको नामावली
- झलनाथ खनाल
- माधवकुमार नेपाल
- युवराज ज्ञवाली
- अष्टलक्ष्मी शाक्य
- भीव रावल
- घनश्या भुसाल
- भीम आचार्य
- गोकर्ण विष्ट
- योगेश भट्टराई
- सुरेन्द्र पाण्डे
- मुकुन्द न्यौपाने
- रघुजी पन्त
- वेदूराम भुसाल
- अमृत कुमार बोहोर
- प्रमेश हमाल