नागरिक पोष्ट News


स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा द्वारा पत्रकार हरु लाई स्वास्थ्य सामग्री सहयोग

1.2K

सावित्री बस्नेत, काठमाडौं - नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाईरसको सङ्क्रमणका कारण मुलुक यतिबेला आक्रान्त छ । गत बैशाख १६ गतेदेख काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा भएको छ । यसकै कारण दैनिक ज्याला मजदूरी गरी गुजारा गर्ने हरुलाई बिहान बेलुकाको छाक टार्न मुस्किल त पर्यो नै त्यसको साथै र्फन्ट लाइनमा काम गर्ने स्वाथ्य कर्मी ,सुरक्षा कर्मी लगायत सञ्चारकर्मीलाई पनि उत्तिकै मात्रामा गाह्रो परेको छ । सोही कुरालाई मध्यनजर गरी स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखाले केही पत्रकारहरुलाई अत्य आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । शाखाको अध्यक्ष पुष्कर राज पाण्डेको नेतृत्वमा आज गोगंबु स्थीत शाखा कार्यालयबाट मास्क ,सेनिट्राईजर फेसशील लगायतको स्वास्थ्य सामाग्री पत्रकारहरुलाई सहयोग स्वरुप वितरण गरिएको हो ।

उक्त स्वास्थ्य सामाग्रीहरु वितरण गर्न सहयोग पुराउने व्यक्ती तथा सघंसस्थाहरमा आयुश्रीया ग्रेन एन्ड ग्रोसेरि प्रा लि ,गूड हुमन सस्था का सदस्य तथा समाजसेबि सुधिर राज श्रेष्ठ , तिनजुरे कन्ट्रक्सन प्रा लि का सन्चालक कमल ढकाल र अकृसा गोल्ड प्यालेसका सन्चालक अजय खतिवडा त्यसैगरी डि.एल.एग्रीकल्चर कृषि फर्म टोखा र एशिया आयुबेर्दिक उपचार केन्द्र बसुन्धारा का अध्यक्ष हेमराज नगरकोटि रहेका थिए । 

Must View