नागरिक पोष्ट News


यसपटकको कोरोना संक्रमण फरक छ, मास्क र दुईमिटर दूरी नै कोरोनाको उपचार हो– डा. जागेश्वर गौतम

1.7K

अहिले कोरोना संक्रमण द्रुत गतिमा बढिरहेकाले देशमा स्थिति भयावह बन्दै गएको छ । हाम्रो देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था भइसक्यो भनेर हामी (स्वास्थ्य मन्त्रालय) ले भन्दै आएको ५ साता भइसक्यो। अलि अप्ठ्यारो अवस्था छ भनेर पब्लिक्ली भनेको पनि ५ साता भइसक्यो। तर, पनि नागरिकले चेतेका छैनन्। २ मिटर दूरी र मास्कबाहेक अरू केही उपाय छैन ।

कोभिड १९ नामक रोगको कुनै उपचार नै छैन, जे जति उपचार छन् त्यो सपोर्टिभ मात्र हो । सपोर्टले मात्रै त मान्छे बाँच्दैन नि ! जसको शरीरमा रोगविरुद्ध लड्न सक्ने शक्ति राम्रो छ त्यो मानिसले सपोर्टिभ उपचारबाट बाँच्ने हो, जसको त्यो शक्ति राम्रो छैन, बाँच्दैन । त्यसै कारण मानिसको अहिले मृत्यु भइरहेको छ।

आईसीयू नभएर, भेन्टिलेटर नभएर मान्छे मरेको होइन नि त अहिले । रोगले मरेको हो । नेपालमा सरकारले व्यवस्था गरेन, अस्पतालको स्तर सुधार गरेन भनेर आलोचना गर्नुको कुनै औचित्य छैन । अमेरिकामा, इटलीमा किन मर्‍यो मान्छे? त्यहाँ सुविधा नभएर मान्छे मरेको होइन नि ! त्यहाँ त पर्याप्त सुविधा थियो, तर पनि मान्छे मर्‍यो नि। सबै ठाउँमा जहाँ सुविधा छ, त्यहाँ पनि रोगले नै मान्छे मरेको हो नि !

यो रोगको उपचार नै छैन । त्यतातिर खोई सोचेको मान्छेले ? खाली आईसीयू र भेन्टिलेटरको पछाडि लागेका छन्। मास्क लगाएर दुईमिटर टाढा बस्यो भने यो रोग सर्दै सर्दैन। त्यो स्ट्रिक्टली गर्नुपर्‍यो। सबैले गर्नुपर्‍यो। गर्न पर्ने कुरा नगर्ने र नहुने कुराको उत्तर मात्र खोजेर के हुन्छ?

Must View