२७ वर्षपछि बिल गेट्सले मेलिन्डासँग किन सम्बन्धबिच्छेद गरे ?
सम्बन्ध बिच्छेद भन्ने कुरा जो कसैको पनि हुन सक्छ । गरीबको चाहि हुने धनीको नहुने भन्ने कुरा विश्वकै धनी बिल गेट्सको पनि विवाह भएको २७ वर्षपछिको घटनाले पुष्टि गरेको छ ।
विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।”
बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो । उनीहरुको भेट सन् १९८७ मा भएको थियो ।