माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, सरकार अल्पमतमा
काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको पार्टी स्थायी समितिको बैठकले २०७४ फागुन ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।
माओवदी केन्द्रका स्थायी समिति सदस्य गणशे शाहले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए। यसअघि २०७४ फागुन ३ मा माओवादीले समर्थन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए। तर, माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।
प्रधानमन्त्री ओलीले आफैले संसदमा यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरिसकेका छन्। र सोही अनुसार संसदको अधिवेशन पनि आव्हान भइसकेको छ। मंगलबार माओवादीको स्थायी समितिले समर्थन फिर्ता निर्णय गरेसँगै उसले २७ गते प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निश्चित भएको छ। त्यसो त माओवादी केन्द्रले पुनःजीवन पाएसँगै प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएको थियो।