नागरिक पोष्ट News


नेपालमा २० देखी ४० बर्ष उमेरसमूहका बढी संक्रमित, सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ

1.5K

काठमाडौं । कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो ।

देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।

पछिल्लो २४ घण्टामा २० बर्षदेखी ४० बर्ष उमेरसमूहका ३ हजार ८६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १७४ जना, १० देखि १९ वर्ष मुनिका ४५२ जना, २० देखि २९ बर्षमुनिका १ हजार ८९२ जना, ३० देखि ३९ बर्षमुनिका १ हजार ९७४ जना, ४० देखि ४९ बर्षमुनिका १ हजार ३४० जना, ५० देखि ५९ बर्षमुनिका १ हजार १५ जना, ६० देखि ६९ बर्षमुनिका ४३७ जना, ७० देखि ७९ बर्षमुनिका २०९ जना, ८० देखि ८९ बर्षमुनिका ६० जना, ९० देखि १०० बर्षमुनिका ६ जना र अजात २८ जना गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

Must View