नागरिक पोष्ट News


नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा अनुराग कश्यपको मास्टरक्लास

1.2K

काठमाडौं :  आउँदो २३ गतेदेखि सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन् । निफका अध्यक्ष केपी पाठकले विज्ञप्ति जारी गर्दै उनले उद्घाटनको दिन अर्थात २३ गते नै ३.३० बाट ४.३० सम्म फिल्मको बारेमा बोल्ने जानकारी गराएका छन् । सो दौरान उनले सिनेमा सम्बन्धी आफ्ना अनुभवहरू बाँड्ने छन् ।

भौतिक रुपमा नै आयोजना गर्ने गरी तयारी सुरु गरेको फेस्टिभलले केही दिन अघिसम्म हाइब्रिड मोडलमा सञ्चालन गर्ने बताएको थियो । तर, फेस्टिभलको दिन नजिकँदै जाँदा कोभिड–१९ को दोस्रो लहरले छपक्क छोप्न थालेपछि फेस्टिभल अनलाइन मोडलमा गएको थियो । केपी पाठकले फिल्मको प्रदर्शन तथा अन्तक्र्रियाहरू नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ गरिने जनाएको छ ।

Must View