कोरोनाले उग्र रुप लिदै, निषेधआज्ञा थप कडा पारिने, बैंक तथा सरकारी कार्यालयलाई एक चौथाई कर्मचारी राखेर काम गर्न निर्देशन
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यका लगायतका जिल्लामा लागू भएको निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ । बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएका काठमाण्डौ लगायतका जिल्लामा सर्वसाधारणको चहलपहल बढेको, विभिन्न क्षेत्रमा कडाई नगरिँदा सडकमा भीडभाड समेत बढेको र यसले कोरोना संक्रमणको जोखिमलाई बढाएको भन्दै सीसीएमसीलाई थप कडाई गर्ने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति(सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारी कार्यालयहरुको दैनिक कामकाजलाई समेत सीमित पारिने भएको छ । अत्यावश्यक सेवा दिने कार्यालयहरुलाई सीमित जनशक्ति परिचालन गरेर संचालन गर्ने र बाँकीलाई बन्द गर्ने निर्णय भएको हो ।
बैठकले कोरोनाको दोश्रो लहर सुनामीको गतिमा फैलिइरहेको भारतसँगको सीमा नाकामध्ये बहुसंख्यक नाका बन्द गर्ने निर्णय समेत गरेको छ ।
यसैबीच, सीसीएमसीले कोभिड संक्रमितको उपचारमा बेड अभाव भएको र नेपालमा उपलब्ध स्वास्थ्य पूर्वाधारले थेग्न नसक्ने अवस्था सिर्जना भएको भन्दै देशभरका सबै निजी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । यसका लागि आवश्यक तयारी थाल्ने निर्णय समेत भएको छ ।
संक्रमण फैलने दर डरलाग्दो –अस्पतालमा बेड पाउनै नसकिने अवस्था भइसक्योकाठमाडौं । स्वास्थय तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएको बताएको छ । मन्त्रालयले शुक्रबार सर्वसाधरणमा एक अपिल जारी गर्दै कोरोनाको संक्रमण नेपालमा निकै तिव्र गतिमा फैलिरहेको जनाएको हो ।
मन्त्रालयद्धारा जारी अपिलमा भनिएको छ, ‘कोरोना संक्रमणका हिसावले नेपालका अति प्रभावित जिल्लाहरु मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रुपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलने दर निकै डरलाग्दो गरी बढीरहेको छ ।’
स्वास्थय प्रणालीले थेग्नै नसक्नेगरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालको शैया उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयले जनाएको छ ।