नागरिक पोष्ट News


काठमाडौंमा राष्ट्रिय जनगणना सुपरिवेक्षकको तालिम शुरु, पर्सामा भने सुपरिवेक्षकको तालिम स्थगित

2.1K

मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ भन्ने नाराका साथ यस पालिको जनगणना तालिम  शुरु भएको  जानकारी काठमाडौं ङ केन्द्रका प्रमुख श्री सत्य आचार्य ले बताएका छन् ।

काठमाडौ ङ  केन्द्रमा राष्ट्रिय जनगणनाका लागि ५० भन्दा बढी सुपरिवेक्षकको तालिम सञ्चालन भएको छ । काठमाडौंको ताहाचलस्थित ताहाचल क्याम्पसमा सुपरिवेक्षकको तालिम मिति २०७८ बैशाख १७ गतेबाट शुरु भएको हो । 

सबै किसिमका स्वास्थय मापदण्ड अपनाएर सो तालिम सञ्चालन गरेको बताउदै राष्ट्रिय जनगणना २०७८ नेपालको जनगणनाको इतिहासमा बाह्रौ र संघीय गणतान्त्रिक नेपालको पहिलो गणना हो । विवरण संकलन कार्य दुई चरणमा सञ्चालन हुने छ । पहिलो घर तथा घरपरविार सूचीकरण र दोस्रो मुख्य प्रश्नावली मार्फत रहेको छ । नेपालमा पहिलो जनगणना वि सं. १९६८ सालमा भएको थियो । यो पटक जनगणनामा पहिलो पटक काठमाण्डौंका केहि वडामा डिजिटल प्रविधिको प्रयोग मार्फत ट्याब्लेटसको प्रयोग बाट जनगनणा गरिने बताएका छन् ।

तालिममा ५०  भन्दा बढी  सुपरिवेक्षक सहभागी थिए । एउटा कोठामा १२ जना सहभागी सहित सामाजिक दुरी कायम गरेर प्रशिक्षकले तालिम दिएका थिए ।  

सहभागीलाई मास्क, फेस सिल्ड र स्यानीटाईजर पनि वितरण गरिुएको थियो ।

 

 

जिल्ला जनगणना कार्यालय काठमाडौंका जिल्ला जनगणना अधिकारीले राष्ट्रिय जनगणनाको तालिका अनुसार नै सुरक्षा मापदण्ड सहित तालिम सञ्चालन गरिएको बताएका छन् ।

 

 

 

 

 

र यो पनि 

पर्सामा जनगणना सुपरिवेक्षकको तालिम स्थगित

राष्ट्रिय जनगणनाका लागि सुपरिवेक्षकको तालिम भौतिक रुपमै गरेर सरकारले आफैले जारी गरेको निषेषधआज्ञा आफैं उल्लंघन गरेको छ । जिल्ला जनगणना कार्यालय पर्साले  सञ्चालन गरेको सुपरिवेक्षको तालिम स्थगित भएको छ ।   निषेधाज्ञाको समयमा भिडभाड गरेर तालिम सञ्चालन गरेको भन्दै बीरगञ्जमा तालिमको विरोध भएको छ । निषेधाज्ञाको समयमा सर्वसाधरणलाई घर-घरमै बस्न आग्रह गरेर सरकारी कार्यालयले भने भिडभाड गरेर तालिम सञ्चालन गरेको भनेर विरोध गरिएको हो । वीरगञ्जको सिद्धार्थ इन्टरनेशल कलेजमा आयोजित तालिममा सामाजिक दूरी पालना नगरी तालिम गराइएको थियो । 

यसवर्ष ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना ०७८ हुँदैछ ।

Must View