काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी २ हजार ९५६ जनामा कोरोना संक्रमण
1.2K
काठमाडौं । पछिल्लोा २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३३ जनाको मृत्यु भएको छ भने थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।