नागरिक पोष्ट News


मोडल अनुषुयालाई इनकरेज्मेन्ट अवार्डबाट सम्मान

1.6K

योङ माइण्ड इन्टरटेन्मेन्टले गरेको अवार्ड कार्यक्रम आयोजना गरेको थियो ।सो कार्यक्रममा बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरी आमन्त्रित थिईन । उनलाई योङ माइण्ड इन्टरटेन्मेन्ट न्यु मोडेल इनकरेज्मेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।जब अवार्ड बितरण भईरहेको थियो अचानक न्यु मोडेल इन्करेजमेन्ट अवार्डको लागि अनुषुयालाई मञ्चमा बोलाइयो अनुषुया अचम्ममा परिन किनकि उनी मनोनयनमा पनि परेकी थिईनन ।

उनले अहिलेसम्म दर्जन भन्दा बढी भिडियोहरुमा आफ्नो जादुमयी डान्स र अभिनय मार्फत दर्शकहरुको मन जित्न सफल भईसकेकी छिन ।

कार्यक्रममा थुप्रै संगीतकर्मी तथा मोडलहरुको उपस्थिति थियो ।उनीले सञ्चारमाध्यम मार्फत आयोजकलाई धन्यवाद पनि दिईन ।

उनी भन्दै थिईन मेरो जिवनको यो पहिलो अवार्ड हो, त्यसैले पनि यो अवार्डले मेरो करियरमा ठूलो महत्व बोक्छ किन कि उनी भन्दा पुराना कलाकारको साथमा उनले पनि अवार्ड पाएकी थिईन ।

 

Must View