नागरिक पोष्ट News


नेप्से परिसूचक ३.६९ प्रतिशतले वृद्धि

1.1K

काठमाडौं, १४ वैशाख । मंगलबार नेप्से परिसूचक ३.६९ प्रतिशतले वृद्धि भएको छ । केही दिनयता लगातार घटेको परिसूचक आज ९२.४६ अंक वृद्धि भएर २५९९.०७ विन्दुमा रोकिएको हो । आज ५ अर्व १० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

२१६ कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै १० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री पनि अपर तामाकोशी हाइड्रोपावर कै भएको छ । यो कम्पनीको २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ९४७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ वटा समूहकै परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको ६.४८ प्रतिशतले परिसूचक वृद्धि भएको हो ।

Must View